Sur Cinema

‘आ बाट आमा’ टिजर : परदेशिन लागेका छोराप्रति बुबाआमाको माया र भावनालाई प्रस्तुत

काठमाडौं : आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ। टिजरमा परदेशिन लागेका छोराप्रति बुबाआमाको माया र भावनालाई प्रस्तुत गरिएको छ। पल शाहले छोराको भूमिका निर्वाह गरेका छन् भने प्रदीप रावत र विपना थापाले बुबाआमा रूपमा भावुक अभिनय गरेका छन्।

निर्देशक चन्द्र पन्तको कथा र पटकथामा बनेको सिनेमामा प्रदीप रावत, विपना थापा, पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली, बालकलाकार समाइरा थापा र शान अधिकारीको अभिनय छ। अभिमन्यू निरवीले लेखेको संवादमा अमर न्यौपाने र निर्देशक पन्तले सहकार्य गरेका छन्।

छायांकन नवराज उप्रेती, कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखडाले गरेका हुन्। संगीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी र अभि सुनारको योगदान छ। सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् भने रोहित कट्टेल र रतन श्रेष्ठले वितरण सम्हाल्नेछन्। सिनेमा माघ १६ गतेबाट रिलिज हुनेछ।