काठमाडौं : यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘मिरमिरे’को टिजर सार्वजनिक भएको छ। माघ १ गते रिलिज हुने यो सिनेमाको टिजरमा आमाको अनुपस्थितिमा बुबा–छोरीको इमोसनल सम्बन्धलाई मुख्य रूपमा देखाइएको छ।
दयाहाङ राईले छोरी (शाइसा गौचन)लाई एक्लैले हुर्काइरहेका बाबुको भूमिका भनेका छन्। स्कुलमा काम गर्दै उनले छोरीको लालनपालन र शिक्षाको जिम्मेवारी सम्हालेका छन्। छोरीले आमाको कमी महसुस गरिरहेकी कथा टिजरमा झल्किन्छ।
सिर्जना निङलेखु स्कुलकी शिक्षिकाको रूपमा देखिएकी छन्, जहाँ दयाहाङ र प्रकाश सपूतसँगको सम्भावित त्रिकोणात्मक प्रेमको संकेत टिजरले दिन्छ। टिजरमा दयाहाङको उपस्थिति प्रमुख छ।
यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ लगायत कलाकारको अभिनय छ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्मातामा छन्। कार्यकारी निर्माता रोहित कट्टेल हुन्। सिनेमाको देशव्यापी वितरण आरआर फिल्म्सले सम्हाल्नेछ।















