काठमाडौं : चैत २७ गते रिलिज हुन लागेको सिनेमा ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्टलुक सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) सिगरेट तान्दै झुम्म परेको अवतारमा देखिन्छन्, जसले उनको क्यारेक्टरको रोचक पक्ष झल्काउँछ।
राजु गिरी निर्देशित सिनेमाको अधिकांश छायांकन कास्कीको याङ्जाकोट र केही हिस्सा काठमाडौं गागलफेदी आसपासमा गरिएको हो। पटकथा तथा संवाद लक्ष्मण सुवेदीले लेखेका छन्।
सिनेमामा सागर लम्सालसँगै रोशनी खड्का, रमेश बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी लगायत कलाकारको अभिनय छ। निर्देशक गिरी स्वयं पनि सिनेमामा देखिएका छन्। बालकलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी छन्। उषा फिल्म्स प्रालिको ब्यानरमा बनेको यो सिनेमाको वितरण नेसनल सिने ग्रुपले गर्नेछ।















