Sur Cinema

‘मुगलान’को ‘पिन्टु पियारी’मा छमछमी नाचे प्रभात र स्मारिका

काठमाडौं : पुष १० गतेबाट रिलिज हुन लागेको सिनेमा ‘मुगलान’को गीत रिलिज भएको छ। निर्माण टिमले सोमबार सिनेमामा समावेश ‘पिन्टु पियारी’बोलको गीत रिलिज गरेको हो । डान्सिङ गीतमा सिनेमाका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन्।

म्युजिक भिडियोमा नाचिरहेका दुवैलाई भिडियोमा निकै सुहाएकै देखिन्छ । युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ। गीतमा गायक हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारले गाएका छन्। गीतलाई संगीत र शब्द रचना पनि हरिले नै गरेका छन्। त्यसै गरि गीतको एरेन्ज,मास्टरिङ तथा मिक्सिङ एचबिएन कस्मितले गरेका छन् भने यो गीतको रेकर्डिङ राज खड्काले गरेका छन्।

यसअघि यो सिनेमाको टिजर रिलिज भएको थियो। जसमा यो सिनेमाको कथालाई झल्काएर दर्शकमाझ कौतुहल्ता पैदा गराउन सफल भएको थियो। सिनेमामा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो सिनेमाका निर्माता गोमन सिंह रहेका छन् । यो सिनेमाको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्।