काठमाडौं : दिनेश राउत निर्देशनमा बनेको प्रेम कथानक सिनेमा ‘कुमारी’ को सम्पूर्ण छायाङ्कन पूरा भएको छ। भदौ १७ बाट सुरु भएको छायाङ्कन शनिबार सम्पन्न भएको हो। केही दिनमै सिनेमाको रिलिज मिति घोषणा गरिने निर्माण पक्षले बताएको छ।
यसै सिनेमाबाट अभिनेताद्वय अविषेक खड्का र आकृति राजभन्डारीले डेब्यु गर्दै छन्। अन्य कलाकारमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का लगायत छन्।
निर्माता महेन्द्र अधिकारी, छायांकन निर्देशक सुसन प्रजापति र बिनिश इन्टरटेन्मेन्ट–पिक्चर फ्रेमको संयुक्त निर्माणमा बनेको ‘कुमारी’ यसै वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य रहेको निर्माण टिमले जनाएको छ।















