काठमाडौं : नेपाली र भारतीय सिनेकर्मीको सहकार्यमा बन्न लागेको बहुप्रतिक्षित सिनेमा ‘मोना लिसा (ब्लडी लभ)’को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। केही दिनअघि टाइटल पोस्टरसहित निर्माण घोषणा गरिएको फिल्मले अब मुख्य पात्रहरूको झलक दिने पोस्टर सार्वजनिक गरेको हो।
नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यस सिनेमामा प्रेम र एक्सनको अनौठो मिश्रण रहने निर्माण पक्षले जनाएको छ। बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको ब्यानरमा बन्ने यो सिनेमा नेपालमै उच्च बजेटमा निर्माण हुने तयारीमा छ।
सिनेमाको लेखन तथा निर्देशन किङ योगीले गर्दैछन्। भारतसहित विभिन्न देशका अनुभवी प्राविधिकहरूको संलग्नतासहित निर्माण हुने यस सिनेमाले सन् २०२५ को अन्त्यमा छायांकन सुरु गर्ने र २०२६ मा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।
प्रेमकै कारण युद्धसम्मको परिस्थिति सिर्जना हुने कथालाई चित्रण गर्ने यो सिनेमाले नेपाली सिने उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अपेक्षा गरिएको छ।















