काठमाडौं : दसैंको आगमनसँगै नयाँ गीत ‘हाँस्दै गाउँदै रमाउँला आँगनमा’ सार्वजनिक भएको छ। परिवार, आपसी भेटघाट र संस्कृतिको उल्लासलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ । गीतमा राम शर्माको शब्द र सुफिक्स मदनको संगीत तथा एरेञ्ज रहेको छ।
गीतलाई सुफिक्स मदन र कोपिला तामाङ वाइबाले स्वर दिएका छन्। सुमधुर शब्द र लयबद्ध संगीतको मेलले गीतलाई थप आकर्षक बनाएको निर्माण पक्षको दाबी छ। भिडियोमा विक्रम बुढाथोकी, एलिना रायमाझी र मनिष स्वारको अभिनय देख्न सकिन्छ। उमेश कार्कीको निर्देशनमा बनेको भिडियोलाई सञ्चारकर्मी लक्ष्मण शर्माले निर्माण गरेका हुन्। भिडियोमा सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादन रहेको छ।
निर्माता लक्ष्मण शर्माका भनाइमा, “दसैं नेपालीहरूको मात्र होइन, एकताको पर्व हो। हामीले गीतमार्फत घर–आँगनको रमाइलोपन दर्शाउन खोजेका छौँ।”















