Sur Cinema

‘लज्जावती’को शुभमुहूर्त सङ्गै छायांकन सुरु

काठमाडौं : सिनेमा ‘लज्जावती’ निर्माण हुने भएको छ । राज बहादुर सानेको निर्देशनमा निर्माण हुने सिनेमाको पशुपतिनाथ मन्दिर परिसरमा सोमबार शुभमुहूर्त गरिएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो सिनेमाको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो । यो सिनेमाको शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन् ।

सिनेमाका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि सिटामोल निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए । पशुपति आर्यघाटमा छायांकन गरिएको सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक सानेले बताएका छन् ।

आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन् । दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह-निर्माता रहेको सिनेमालाई दिव्यराज सुवेदीले खिच्नेछन् । दिव्यलाई छायांकनमा सह छायांकारको रुपमा प्रवीन सुवेदीले सघाउनेछन् । सिनेमाका मुख्य सहायक निर्देशक विशाल बराल र मेकअप आर्टिष्ट रवी केसी हुन् ।

काठमाडौं आसपासमा छायांकन गरिने सिनेमामा मुकुन, श्रीकृष्ठ, मेनुका र जानुकासहित माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।