काठमाडौं । सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते नेपाली र असोज ६ (सेप्टेम्बर २२) मा हिन्दी भर्सन वल्र्डवाइड रिलिज हुने यो सिनेमा प्रेम, अपहरण र फिरौतीको कथामा आधारित छ ।
घरबारबिहीन युवक पैसाको प्रलोभनमा अपराधको चक्रव्यूहमा फस्ने कथा ट्रेलरले देखाएको छ ।
सुशान्त गौतम निर्देशित, मुकेश खनाल लेखन र मदन थापा क्रिएटिभ निर्देशक रहेको सिनेमामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देललगायतको अभिनय छ ।
विनोद पौडेल र गुञ्जन गिरी सिनेमाका निर्माता हुन्। सिनेमामा सह–निर्माताको रुपमा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
त्यस्तै, सिनेमाको छायांकन शरद महतो, सम्पादन मदन घिमिरे, रंग सुप्रिम पराजुली र भिएफएक्स मनोज श्रेष्ठले गरेका हुन् ।















