काठमाडौं : आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘शुभ विवाह’को डबिङ कार्य धमाधम भइरहेको छ। सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा प्रदीप खड्का, सनीशा भट्टराईलगायत कलाकार डबिङमा व्यस्त छन्। सुपरहिट सिनेमा ‘प्रेम गीत’पछि निर्देशक थापा र अभिनेता खड्काको लामो समयपछि यसै सिनेमामार्फत पुनर्मिलन भएको हो।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको सिनेमामा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, विशाल पहारीलगायत कलाकारको अभिनय छ। प्रदीप श्रीवास्तवको कथा रहेको सिनेमाको पटकथा तथा संवाद रामशरण पाठकले लेखेका हुन्। सिनेमाका कार्यकारी निर्माता साम भुजेल हुन्।


















