काठमाडौं : सिनेमा ‘पाँच पाण्डव’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । बुधबार बिहान सर्टिफिकेट पाएसँगै अब यो सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।
बसन्त निरौलाको निर्देशनमा बनेको सिनेमा यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ । सिनेमामा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, दीपाश्री निरौलालगायत कलाकारको मुख्य भूमिका छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन् । सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।


















