काठमाडौं : सिनेमा ‘बाटुलो जून’को गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ युट्युब नेपाल ट्रेण्डिङको शीर्ष स्थानमा पुगेको छ। घटस्थापनामा सार्वजनिक गीतले दुई दिनमै पाँच लाखभन्दा बढी भ्युज पाएको निर्माण टिमले जनाएको छ।
गीत भिडियो ट्रेण्डिङमा पहिलो नम्बरमा रहँदा सिनेमाको टिजर पनि युट्युब मुभी चार्टको शीर्ष स्थानमा छ। निर्माण टिमले दुवै सामग्रीमा दर्शकको आकर्षणलाई अर्गानिक भ्युजको परिणाम भनेको छ।
गीतमा अनमोल केसी र डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको सिनेमालाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। सिनेमा कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ।


















