काठमाडौं : आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘जदौ’को टिजर सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत सार्वजनिक झन्डै एक मिनेट लामो टिजरले सिनेमा अन्तरजातीय प्रेमकथा, त्रिकोणात्मक प्रेम र पारिवारिक द्वन्द्वमा केन्द्रित रहेको संकेत गरेको छ।
प्रभातपाल ठकुरी र नीति शाहको रोमान्टिक दृश्यबाट सुरु हुने टिजरमा राजश्री थापा प्रेमको सम्झनामा डुबेकी देखिन्छिन् भने अन्त्यमा मुकुन भुसालले ऋचा शर्माको घाँटी अठ्याएको दृश्य प्रस्तुत गरिएको छ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको सिनेमामा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापालगायत कलाकारको अभिनय छ। कथा, पटकथा तथा संवाद काजी लिम्बूले तयार पारेका हुन्। सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ।


















