काठमाडौं : आर्थिक संकट, ऋणको बोझ र त्यसले निम्त्याउने पारिवारिक तथा मानसिक पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको ‘ऋणै ऋणमा डुबे आमा’ गीत यतिबेला सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा चर्चामा छ।
दीपेन्द्र कुमार थापाको शब्द, अर्जुन पोखरेलको संगीत र थानेश्वर गौतमको स्वर रहेको गीतले सर्वसाधारणको वास्तविक जीवनको कथा बोलेको भन्दै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
द डिभाइन म्युजिकबाट सार्वजनिक गीतको भिडियोमा हिउँवाला गौतम, आस्मा पाण्डे र रमेश विश्वकर्माको अभिनय रहेको छ भने निर्देशन माधव शर्माले गरेका छन्।














