काठमाडौं : साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘गौँथली’को ट्रेलरले दर्शकमाझ राम्रो चर्चा बटुलेको छ। युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको ट्रेलरले सिनेमाप्रतिको उत्सुकता थप बढाएको हो।
अटिजम भएका युवकको जीवन, नवविवाहित दुलहीको संघर्ष र सामाजिक यथार्थलाई भावुक ढंगले प्रस्तुत गरिएको ट्रेलरमा अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयको विशेष प्रशंसा भइरहेको छ। दर्शकले सिनेमालाई अग्रिम शुभकामना दिँदै यसलाई व्यावसायिक रूपमा सफल हुने विश्वास व्यक्त गरेका छन्।
डा. कपिल रिजाल निर्देशित ‘गौँथली’मा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झालगायत कलाकारको पनि अभिनय रहेको छ।















