काठमाडौं : आगामी भदौ १२ गते प्रदर्शनमा आउने सिनेमा ‘पार्वती’ को डबिङ कार्य तीव्र रूपमा भइरहेको छ। मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाउँदै सिनेमाको कथा आफूले अपेक्षा गरेभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया दिएकी छन्। उनले फरक शैली र मन छुने पटकथाले आफूलाई प्रभावित पारेको बताइन्।
सिनेमाकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारीले पनि सिनेमा अपेक्षाभन्दा राम्रो बनेको भन्दै सम्पूर्ण कलाकार तथा निर्माण टिमप्रति खुसी व्यक्त गरेकी छन्।
‘नीता फिल्मस्’को ब्यानरमा बनेको ‘पार्वती’मा दीपाश्री निरौला, नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ।















