Sur Cinema

फेस अफ नेपाल–२०२६ का लागि आवेदन खुला, मेनुका माझी राष्ट्रिय निर्देशक

काठमाडौं: एमएस प्रोडक्सन प्रालिले आयोजना गर्ने फेस अफ नेपाल–२०२६ को तेस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ। प्रतियोगिताकी राष्ट्रिय निर्देशक तथा अभिनेत्री मेनुका माझीले नयाँ पुस्ताका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन हुँदै आएको बताइन्।

प्रतियोगितामा १७ देखि ३० वर्ष उमेर समूहका नेपाली पुरुष तथा महिलाले आवेदन दिन सक्नेछन्। आवेदन फेस अफ नेपालको आधिकारिक सामाजिक सञ्जाल र एभेन्टोज (Aventoz) मार्फत दिन सकिनेछ। दर्ता शुल्क एक हजार रुपैयाँ र छनोट भएका प्रतियोगीका लागि सहभागिता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ।

पहिलो चरणको अडिसन असार २७ (जुलाई ११) मा हुनेछ। सहभागीलाई ग्रुमिङ, व्यक्तित्व विकास, मोडलिङ तथा स्टेज प्रस्तुति सम्बन्धी व्यावसायिक प्रशिक्षण प्रदान गरिनेछ।

प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। यस वर्षको ग्रान्ड फिनाले भदौ १४ (अगस्ट ३०) मा काठमाडौंस्थित रोयल टुलिपमा आयोजना हुनेछ।