काठमाडौं : हास्य कलाकार तथा अभिनेता जितु नेपाल अभिनित सिनेमा ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ । प्रदर्शनअघि काठमाडौंमा आयोजित भव्य ग्राण्ड प्रिमियरमा सिने क्षेत्रका अनेक चर्चित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रिमियरपछि अधिकांश सिनेकर्मीहरूले सिनेमाको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको प्रशंसा गरेका छन्। सिनेमाले कलाकार बन्ने सपना बोकेको एक साधारण युवाको संघर्ष, मेहनत र सफलताको यात्रालाई भावनात्मक तथा मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरेको बताइएको छ।
सुभेन्दु घोष निर्देशित यस सिनेमाका निर्माता स्वयं जितु नेपाल हुन्। सिनेमामा वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ। सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ‘आई एम जितबहादुर’ले दर्शकमाझ प्रेरणा, मनोरञ्जन र संघर्षको सुन्दर कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


























