काठमाडौं : राजबहादुर साने निर्देशित सिनेमा ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ। धर्मस्थलीमा अन्तिम दृश्य खिच्दै ४५ दिनमा सिनेमाको इन्डक्ल्याप गरिएको निर्माण टिमले जनाएको छ।
आहा फिल्म्सको ब्यानरमा बनेको यो सिनेमा आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।
सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन्। मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझीलगायत कलाकारको अभिनय रहेको सिनेमालाई देशभर कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।















