काठमाडौं : केकी अधिकारी अभिनीत सिनेमा ‘काजी’ जेठ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । प्रेम, विश्वास, त्याग र सम्बन्धको गहिराइलाई केन्द्रमा राखेर बनेको सिनेमामा केकीले ‘कजीनी’ पात्रमार्फत भावनात्मक भूमिका निर्वाह गरेकी छन्।
उनले ‘काजी’ केवल प्रेमकथा नभई समर्पण र विश्वासको कथा भएको बताएकी छन्। उनका अनुसार सिनेमामा काजी र काजिनीबीचको सम्बन्ध यस्तो देखाइएको छ, जहाँ माया र भरोसाले सबैभन्दा ठूलो अर्थ राख्छ।
सिनेमामा विपिन कार्की सँगको सहकार्यलाई पनि उनले स्मरणीय अनुभव बताएकी छन्। ग्रामीण परिवेशमा आधारित यस सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्।















