काठमाडौं : भविष्य फिल्म्स प्रालि तथा थर्ड आइ आर्ट्सको ब्यानरमा निर्माण हुने सिनेमा ‘टिका’को बिहीवार बगलामुखी मन्दिरमा शुभ मुहूर्त गरिएको छ । शंकर कार्कीको निर्देशन रहने सिनेमामा वर्षा शिवाकोटी, प्रियंका कार्की, महेश त्रिपाठी, निर्मल शर्मा, प्रमोद अग्रहरी, आयुषी ढकाल आदि कलाकारले पनि अभिनय गर्दैछन् ।

सिनेमामा वर्षालाई अहिलेसम्म देखिएकोभन्दा फरक भूमिकामा देख्न पाइने छ । शंकर कार्की तथा चन्दन झाको कथामा बन्ने यो सिनेमाको पटकथा बिटी कान्छा र विश्वास तिम्सिनाले तयार पारेका छन् ।
सिनेमामा कालिप्रसाद बासकोटा तथा केतन क्षेत्रीको संगीत रहने छ । तेजविक्रम केसी कार्यकारी निर्माता रहेको यो सिनेमाका निर्माता भविष्य खड्का हुन् । तीजको अबसरमा आगामी भदौ २६ लाई यसअघि नै प्रदर्शन मिति तोकिसकिएको यो सिनेमा यसै साताबाट फ्लोरमा जाँदैछ ।















