Sur Cinema

‘मितज्यू’मा दया र सौगातको नोकझोक कि द्वन्द्व ?

काठमाडौं : सिनेमा ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ, जसमा दयाहाङ राई र सौगात मल्ल पुनः एकसाथ देखिनेछन् । नेपाली सिनेमाका लोकप्रिय यी दुई कलाकारको जोडी दर्शकमाझ निकै रुचाइने गरेको छ।

‘लुट’ र ‘कबड्डी’ जस्ता सफल सिनेमापछि उनीहरू ‘मितज्यू’मा फेरि सहकार्य गर्दैछन्। यस सिनेमामा उनीहरूबीचको नोकझोक र द्वन्द्व मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ, जुन दर्शकले मन पराउनेमा निर्माण टिम विश्वस्त छ।

अनिल बुढा मगरको निर्देशन र जनक घर्ती मगरको निर्माणमा बनेको यस सिनेमामा तेरिया फौजा मगर, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय रहेको छ।