काठमाडौं : सिनेमा ‘मालती मंगले’को सेन्सर सफलतापूर्वक सम्पन्न भएको छ। २ घण्टा ३८ मिनेट लामो यस सिनेमाले सबै उमेर समूहले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ र यही वैशाख २५ गते शुक्रबारदेखि प्रदर्शनमा आउनेछ ।
सेन्सर बोर्डका सदस्यहरू पदमुक्त भएका कारण उत्पन्न अन्योलबीच पनि चलचित्र विकास बोर्डको प्रतिनिधिको उपस्थितिमा जाँचपास गरिएको हो। निर्देशक प्रकु पाण्डेयको कथा रहेको यस सिनेमामा विजय, वर्षा, मेक्सम लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमालाई आरआर फिल्म्सले वितरण गर्दैछ।
















