काठमाडौं : एक्सन सिनेमा ‘१२ गाउँ २’को औपचारिक छायांकन सुरु भएको छ। बिराज भट्टको निर्देशनमा बन्ने सिनेमाको सुटिङ बुधबार गीतबाट सुरु गरिएको हो। काठमाडौं, सिन्धुपाल्चोक र चितवनमा छायांकन हुने सिनेमा फूलपातीमा रिलिज गर्ने लक्ष्य राखिएको छ।
सिनेमामा बिराज भट्टसहित समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाहीलगायत कलाकारको अभिनय रहनेछ। डीओपी महेश पौडेल, कथा–पटकथा सन्तोष सरकार, तथा एक्सन निर्देशन ईस्टनर सिल्वा र शंकर महर्जनले सम्हाल्ने छन्।
एक्सन र मनोरञ्जनको मिश्रण रहने अपेक्षासहित सिनेमा दर्शकमाझ प्रतिक्षित बनेको छ।
















