Sur Cinema

‘एक मुठ्ठी बादल’को लोकप्रिय गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप भर्सन सार्वजनिक

काठमाडौं : जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को लोकप्रिय गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप भर्सन सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ।

सुमित पाठकको संगीतमा तयार गीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियल जीको स्वर तथा हर्क साउदको शब्द रहेको छ। नेपाल आइडल सिजन २ का उपविजेता सुमितले यसैबाट सिने संगीतमा डेब्यु गरेका हुन्।

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनालीलगायत कलाकारको अभिनय रहेको छ। अभिमन्यु दीक्षित निर्माता र निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

महिला नेतृत्वमा निर्माण गरिएको यो सिनेमा गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेका हुन् भने नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।