काठमाडौं : निर्देशक परिच्छेद सेनको ड्रिम प्रोजेक्ट ‘महाराजधिराज’मा अभिनेता सुशील सिटौला अनुबन्ध भएका छन्। यसअघि पूजा शर्मा र पुष्प खड्का मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
पिरियड ड्रामाको झल्को दिने यो सिनेमा वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ। कलाकारको बलियो लाइनअपमा केकी अधिकारी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती लगायत छन्।
छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु भई काठमाडौं, भक्तपुर र कीर्तिपुरमा गरिनेछ। नवराज थापाले खिच्ने यस सिनेमा छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुँदै फूलपातीमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

















