काठमाडौं : काठमाडौंस्थित गुह्येश्वरी मन्दिरमा शुक्रबार सिनेमा ‘अक्षरा’को शुभमुहूर्त सम्पन्न गरिएको छ। लामो समयदेखि सहायक निर्देशकका रूपमा काम गर्दै आएका विनयराज पौडेलले निर्देशन गर्ने यस सिनेमामा मुख्य भूमिकामा सुशील सिटौला र न्यान्सी खड्का देखिनेछन्। न्यान्सीले ‘१२ गाउँ’बाट अभिनय यात्रा सुरु गरेकी हुन्।
मुहूर्त कार्यक्रममा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै कलाकारहरूको पहिलो सट खिचिएको थियो। क्षिति बाबु प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अन्य कलाकारहरू पनि समावेश छन् भने निर्माण टिममा उग्रसेन ढुंगाना, सुग्रसेन ढुंगाना र सुरज थापा काजी रहेका छन्।
प्राविधिक टोलीमा दीपेन बस्न्यात (छायांकन), गौतमराज खड्का (सम्पादन) लगायत रहेका छन्। बुद्ध पूर्णिमाको अवसरमा शुभमुहूर्त गरिए पनि छायांकन सुरु हुने मिति भने सार्वजनिक गरिएको छैन।

















