Sur Cinema

पाचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौं : सेलिब्रेटी नेपालको आयोजनामा, चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) भव्य रूपमा सम्पन्न भएको छ। सर्लाहीस्थित चन्द्रनगर गाउँपालिकाको नाढीतालमा तीन दिनसम्म चलेको महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएका थिए।

मधेश प्रदेशमा पहिलो पटक आयोजना गरिएको यस संस्करणमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी तथा मधेशको कथा र पर्यटन केन्द्रित संवाद कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। आयोजकका अनुसार महोत्सवले मधेशमा नेपाली सिनेमाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. प्रमुख अतिथि थिए। स्थानीय जनप्रतिनिधिहरूले यस्ता कार्यक्रमले क्षेत्रीय प्रचार–प्रसारमा टेवा पुग्ने बताएका छन्।

NERUFF अवार्ड विजेताहरू:
• उत्कृष्ट फिल्म: ‘मोहर’
• उत्कृष्ट निर्देशक: ओम प्रतीक गुरुङ (‘मोहर’)
• उत्कृष्ट अभिनेता: नाजीर हुसेन (‘गुन्युचोलो’)
• उत्कृष्ट अभिनेत्री: सुरक्षा पन्त (‘कोशेढुंगा’)
• उत्कृष्ट स्क्रिनप्ले: समुन्द्र भट्ट/नाजीर हुसेन (‘गुन्युचोलो’)
• जूरी अवार्ड: मिलन तामाङ (‘माइतीघर’)
• इन्करेजमेन्ट अवार्ड: मन्जिल कुमार (‘कोशेढुंगा’)
• उत्कृष्ट सम्पादन: नहकुल खड्का (‘कोशेढुंगा’)
• उत्कृष्ट छायाँकार: बाबु श्रेष्ठ (‘कोशेढुंगा’)
• उत्कृष्ट आदिवासी फिल्म: ‘नाक्छोंग’ (निर्देशक: किरण राई)
• उत्कृष्ट शर्ट फिल्म: ‘निलो आकाश’ (निर्देशक: निर्मल पौडेल)