Sur Cinema

सुरु भयो ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’

काठमाडौं : सुर्खेतमा ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ वैशाख ११ अर्थात् आजदेखि सुरु भएको छ। ‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित आयोजना हुने महोत्सवको उद्घाटन वीरेन्द्रनगरस्थित होटल शुभमा हुँदै ‘चलचित्र पर्यटन संवाद’ पनि गरिनेछ।

महोत्सवले कर्णालीका कथा, संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राख्दै क्षेत्रलाई ‘सुटिङ हब’का रूपमा विकास गर्ने उद्देश्य लिएको छ। दोस्रो दिन सल्यानको कुपिण्डे दहमा विशेष कार्यक्रम आयोजना हुनेछ।

यसैबीच, कर्णालीका मौलिक कथा उजागर गर्न ‘चलचित्र कथा प्रतियोगिता’समेत सञ्चालन गरिएको छ, जसमा उत्कृष्टलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।