Sur Cinema

प्रेम र धोकाको कथामा आधारित ‘रमिताको पिरती’को ट्रेलर

काठमाडौं : सुदिप्ताको डेब्यु निर्देशनमा बनेको सिनेमा ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक भएको छ ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ। प्रेम र धोकाको कथामा आधारित ट्रेलरले दर्शकमाझ उत्सुकता जगाएको छ।

आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने सिनेमामा समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गरेका छन्। सेरो फिल्मस्को प्रस्तुतिमा बनेको सिनेमामा आना शर्मा, समीर श्रेष्ठ, धिरज मगरसहित विनय श्रेष्ठ, गौमाया गुरुङलगायत कलाकारको अभिनय छ।

काठमाडौं उपत्यकामा रिच र एप्पल इन्टरटेनमेन्ट तथा उपत्यका बाहिर एफडी कम्पनीले सिनेमा वितरण गर्नेछन्।