Sur Cinema

चिज कुमारको ‘खुशी’ सार्वजनिक

काठमाडौं : चिजकुमार श्रेष्ठको सर्ट फिल्म ‘खुसी’रिलिज भएको छ। निर्माण टिमले सरस्वती पूजाको छेको पारेर खुशी नामक सर्ट फिल्म रिलिज गरेको हो।

यस सर्ट फिल्ममा अनुभवी र नयाँ कलाकारहरूको संयोजन गरेको देख्न पाइन्छ। यसमा सुशील पोखरेल, सपना श्रेष्ठ पण्डित, नानी थापा कोइराला, कमल कोइराला, प्रिजा मिश्र, रश्रिता ठाकुरी, स्वस्तिका दाहाल र सागर घिमिरेले अभिनय गरेका छन्। त्यसैगरि सर्ट फिल्मको निर्माता सुभाषराज काफ्ले रहेका छन् निर्देशक प्रधुम्न मिश्रा हुन भने पटकथा, संवाद तथा सहायक निर्देशनको जिम्मेवारी सायद एच कार्की (दुर्गा)ले सम्हालेका छन्।

यस सर्ट फिल्ममा संगीत बिनोद भुजेलले दिएका छन् भने सम्पादन तथा कलरको काम चन्दन दत्त र अतुल कर्णको छ। पोस्टर डिजाइन पनि अतुल कर्णकै रहेको छ। यसका साउन्ड मिक्सिङ शैलेश श्रेष्ठ,आर्ट डाइरेक्टर सायद एच कार्की (दुर्गा) रहेका छन्। क्यामेरा, उपकरण तथा लाइट्सतर्फ रविन्द्र बराल, जयन्द्र रावल, ईश्वर बल्लभ र रामशरण उप्रेतीले समालेका छन्।