काठमाडौं : आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रबीचको सम्बन्धलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा देखिएका छन् भने अभिनेत्री अञ्जना बराईली प्रहरी इन्स्पेक्टरको भूमिकामा प्रस्तुत छिन्।
निर्देशक विजय केरुङले सिनेमाले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्दै एक्सनसँगै सामाजिक सन्देश पनि समेटिएको बताए।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमामा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ। दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको सिनेमाको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन्। आरआर फिल्म्सले सिनेमा वितरण गर्दैछ।















