काठमाडौं : गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।ओमप्रकाश राईको भावपूर्ण संगीत र पेमा शेर्पा राईको मधुर स्वरले सजिएको यस गीतले एकतर्फी प्रेमको पीडा र निस्वार्थ प्रेमको शुभेच्छा कलात्मक रूपमा प्रस्तुत गर्छ।
गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ। सार्वजनिक भएलगत्तै गीतले श्रोतामाझ सकारात्मक चर्चा पाउन थालेको छ।
खोटाङका स्रष्टा श्रीराम राई साहित्य, पत्रकारिता र लघुकथामा सक्रिय छन्। उनका दुई बालकथासंग्रह र थुप्रै लघुकथा कृतिहरू प्रकाशित छन्। नेपाली भाषा–साहित्यमा योगदानका लागि उनी विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन्।















