Sur Cinema

नयाँ भर्सनमा ‘दुधै फाटेसी’

काठमाडौं : गायिका बिष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द–संगीत रहेको गीतमा बिष्णुलाई राजनले नै स्वरमा साथ दिएका छन् भने एरेन्ज श्यामश्वेत रसाइलीको छ।

यो गीत यसअघि सार्वजनिक भइसकेको गीतको नयाँ भर्सन हो। पुरानो संस्करणमा बिष्णु माझी र राजु परियारको स्वर तथा बीबी अनुरागीको एरेन्ज थियो।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा राजनराज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ। पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन रहेको भिडियो गज्जवको टिभीबाट सार्वजनिक गरिएको हो।