काठमाडौं : मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको सिनेमा ‘गोबर गणेश’ यतिबेला चर्चाको शिखरमा छ। युट्युबमा ट्रेन्डिङ नम्बर १ मा रहेको ट्रेलरले करिब ३० लाख भ्युज पाइसकेको छ।
सिनेमाको प्रचारका क्रममा बल्छी धुर्वेले महानायक राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, निर शाह, दीपकराज गिरी, दीपाश्री निरौला लगायत दिग्गज कलाकारसँग भेट गर्दै आशीर्वाद लिएका छन्। भेटमा कलाकारहरूले टेलिभिजनबाट ठूलो पर्दासम्मको बल्छीको यात्रालाई प्रेरणादायी भन्दै मेहनत र इमानदारिताको प्रशंसा गरेका छन्।
सामाजिक कथावस्तुमा आधारित हास्य–भावनात्मक यो सिनेमा बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा माघ १ गते माघे संक्रान्तिमा देशभर रिलिज हुँदैछ । सिनेमामा वर्षा शिवाकोटी, बुद्धि तामाङ, विनोद न्यौपाने, सन्तोष बानिया, पदम तामाङ लगायतको अभिनय रहेको छ।















