Sur Cinema

धरानमा ‘कुमारी’को विशाल होर्डिङ, सबैभन्दा ठुलो पोस्टरको दाबी

काठमाडौं : माघ २३ गते प्रदर्शनमा आउने नेपाली सिनेमा ‘कुमारी’ले प्रवर्द्धनका लागि धरानस्थित फ्रेन्ड्स सिनेमा हलको ८ तल्ले भवन ढाक्ने गरी विशाल होर्डिङ सार्वजनिक गरेको छ। ३२०० स्क्वायर फिट (४०×८० फिट) क्षेत्रफलको यो पोस्टर नेपालमै छापिएको र जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठुलो भएको निर्माण पक्षको दाबी छ।

पोस्टर छपाइमा करिब ८० हजार रुपैयाँ खर्च भएको बताइएको छ। धरानको व्यस्त क्षेत्रमा राखिएको यस होर्डिङले दर्शकको ध्यान तानेको छ।

सिनेमाको चर्चित गीत ‘डोको बुन्ने निगालो चोयाले’ लाई केन्द्रमा राख्दै ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा आयोजना हुँदैछ। कन्सर्टमा गायक केहर सिं लिम्बु र ‘केहर एन्ड द लुङा’ ब्यान्डसँगै कलाकार अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउत सहभागी रहनेछन्।

प्रेम कथानक सिनेमा ‘कुमारी’को निर्देशन दिनेश राउतले गरेका हुन्। कथा विकास सुवेदीको र निर्माण महेन्द्र अधिकारीको रहेको छ।