काठमाडौँ : सौगात मल्ल र सिम्रन पन्त अभिनीत सिना ‘बब डाई’को ४२ औँ दिनमा छायांकन सम्पन्न भएको छ। काठमाडौंको चन्द्रागिरी र किर्तिपुर क्षेत्रमा छायांकन गरिएको सिनेमा अब पोस्ट–प्रोडक्सनमा प्रवेश गरेको निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए।
किर्तिपुरका एक युवाको कथामा आधारित कमेडी जनराको यस सिनेमामा नेवारी भाषामा ‘दाइ’लाई ‘डाई’ भनिने भएकाले ‘बब डाई’ नाम राखिएको हो। सौगात मल्ल शीर्ष भूमिकामा छन्।
सिनेमामा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरीलगायत कलाकारको अभिनय रहेको छ। रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा बनेको सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन।















