काठमाडौं : मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को निर्देशन तथा मुख्य भूमिकामा बनेको सिनेमा ‘गोबर गणेश’ले युट्युबमा चर्चा बटुलिरहेको छ । सार्वजनिक ट्रेलर र गीत ‘ओ हेलो हाई हाई’ ले छोटो समयमै मिलियन भ्युज पार गर्दै दर्शकको मन जितेका छन्।
गाउँबाट काठमाडौँ आएको युवकको संघर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथा बोकेको ट्रेलरले दर्शकलाई भावुक बनाएको छ । मरिचमान श्रेष्ठको स्वरमा रहेको गीत टिकटक र युट्युबमा लोकप्रिय बनेको छ।
दर्शकहरूले ट्रेलरको विषयवस्तु, अभिनय र मौलिक शीर्षकको खुलेर प्रशंसा गरेका छन् ।
बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा बनेको यस सिनेमामा वर्षा सिवाकोटीसहित चर्चित कलाकारहरूको अभिनय छ। मरिचमान श्रेष्ठको पहिलो फिचर सिनेमा निर्देशन रहेको ‘गोबर गणेश’ आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभर प्रदर्शनमा आउनेछ।















