Sur Cinema

‘बिगुल’को ट्रेलर : राजनीति र समाजप्रती बिद्रोह

काठमाडौं : नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्धको जनआवाजलाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमा ‘बिगुल’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बनेको सिनेमाको तीन मिनेट लामो ट्रेलरले राजनीतिक खिचातानी, सामाजिक अन्याय, पुस्ताबीचको विचार टकराव र निमुखा जनतामाथि हुँदै आएको राजनीतिक खेलबाडलाई प्रभावकारी रूपमा प्रस्तुत गर्छ।

देश र जनतालाई पटक–पटक धोका दिँदै आएको नेतृत्वविरुद्ध आवाज उठाउने नयाँ पुस्ताको संघर्ष ट्रेलरको मुख्य आकर्षण बनेको छ। ट्रेलरमा अभिनेत्री बेनीशा हमाल, अभिनेता नरेन खड्का र विनोद न्यौपानेले युवा पुस्ताको भावना सशक्त रूपमा प्रस्तुत गरेका छन्।

दिनेश कोइरालाको कथा तथा निर्माण, कल्पना पौडेलको प्रस्तुति रहेको सिनेमामा सरोज खनाल, नीर शाह, रमेश बुढाथोकी, शिशिर वाङ्गेललगायत कलाकारको अभिनय छ भने मिरा पण्डितले नायिकाको रूपमा डेब्यु गरेकी छन्। शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमाका गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ। सिनेमा माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।