Sur Cinema

‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानी जस्तै’ सार्वजनिक

काठमाडौं : सामाजिक–राजनीतिक कथामा आधारित सिनेमा ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानी जस्तै’ सोमबार ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । माघ ९ गतेदेखि प्रदर्शनमा आउने सिनेमाको उक्त गीतमा युवराज चौलागाईं र अनु चौधरीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा बेनीशा हमाल र नरेन खड्का फिचर्ड छन्।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’का कथाकार तथा निर्माता दिनेश कोइराला हुन्। राजनीति, परिवार, समाज र सम्बन्धको मिश्रित कथावस्तु बोकेको सिनेमाले फर्स्टलुक र टिजरमार्फत दर्शकको ध्यान तानिसकेको छ।

सिनेमामा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ। म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुतिमा बनेको सिनेमाको वितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन्।