काठमाडौं : बलराम परियार र ममता गुरुङको स्वरमा ‘पिर लिन पर्दैन’गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो लक्ष्मण भण्डारी नामक युटुब च्यानलबाट रिलिज भएको हो। सुजन बाबु गुरुङको शब्द संगीतमा तयार पारेको यस गीतलाई विशाल निरौलाले गीतको एरेन्जिङ गरेका छन्। साथै,रेकर्डिङ, मिक्सिङ र मास्टरिङको काम रञ्जन राईको छ।
आफ्नो परान रहुन्जेल एकअर्काबीच गहिरो माया प्रेम रहेको शब्दमा बुनिएको छ। गीतको भाव अनुसार नै बिकाश प्रसाईले भिडियो निर्माण गरेका छन्। जुन गीतको भिडियोमा पाउन सकिन्छ। प्रसाईको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा लक्ष्मण भण्डारी, सरिता ढुंगाना र निर्देशक आफैले अभिनय गरेका छन्। साथै यस गीतको भिडियोमा बाल कलाकार सायरा श्रेष्ठले महत्वपूर्ण भूमिका निभाएकी छन्।
भिडियोको सिनेमाटोग्राफी सुबिन गोदरले गरेका छन् भने सम्पादन र कलर ग्रेडिङ कल्पेश विश्वकर्माले गरेका हुन्। संगीत र भिडियोको यस नयाँ प्रस्तुतिले नेपाली संगीत उद्योगमा थप रंगीनता थप्ने अपेक्षा गरिएको छ।















