Sur Cinema

‘पीआर को चक्करले’ फनफनी घुम्दै सुरज र बिनिता

काठमाडौँ : निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक गरिएको छ। यही शुक्रबार रिलिज हुने सिनेमाको गीतमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारी फिचर छन्।

गीतमा मानस राजको संगीत, मानस राज र समीक्षा अधिकारीको स्वर तथा बस्नेतकै कोरियोग्राफी छ। भिडियो सलोमा युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको सिनेमामा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की विशेष भूमिकामा देखिन्छन्।

प्रेम, संघर्ष र आप्रवासनको कथामा आधारित ‘पीआर’ले वैदेशिक रोजगारीतर्फ आकर्षित नेपाली युवाको सपना र चुनौतीलाई केन्द्रमा राखेको छ। सिनेमाको लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद र छायांकन सौरभ सायमी–सौरभ लामाले गरेका छन्। वितरण आर आर फिल्म्सले गरेको छ।