काठमाडौं : पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य कलाकार बेनिशा हमाललाई तीन फरक अवतारमा देखाइएको छ—प्रसन्न मुद्रामा आशा झल्काउने रूप, सिगरेट हातमा लिएर तनावग्रस्त रहेको रूप, र महेश त्रिपाठीसँग टेबुलमा संवाद गरिरहेको दृश्य।
ग्रिस्मा कटुवाललाई आँसु झरेको अवस्थामार्फत भावनात्मक पक्ष प्रस्तुत गरिएको छ। निलो रङको प्रमुख प्रयोगले सिनेमाको शीर्षक र मनोवैज्ञानिक टोनलाई समर्थन गर्दछ।
बलिराम चौहानको डेब्यु निर्देशनमा तयार भएको यो साइकोलोजिकल थ्रिलरमा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायत कलाकार छन्। स्काइफल पिक्चर्स प्रस्तुतकर्तामा रहेको सिनेमा पुस १० देखि प्रदर्शनमा आउनेछ।















