Sur Cinema

‘गोबर गणेश’को फर्स्टलुक : खुशी मुद्रामा वर्षा र बल्छी

काठमाडौं : सिनेमा ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने यस सिनेमामा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्।

सार्वजनिक पोस्टरमा वर्षा रिक्सा चलाइरहेकी छन् भने बल्छी सोही रिक्सामा बसेका छन्। दुवै खुसी मुद्रामा देखिन्छन्। रिक्सामा फोहोरका सामग्री देखिएकाले उनीहरू नगरपालिकाका फोहोर व्यवस्थापन कर्मचारीको भूमिकामा रहेको अनुमान लगाइएको छ।

मरिचमान श्रेष्ठ निर्देशित सिनेमाको छायांकन सकिएको छ र अहिले पोस्ट–प्रोडक्सनमा छ। बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा बनेको यस सिनेमामा वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, सन्तोष बानिया लगायत कलाकारको अभिनय छ। सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल तथा वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।