काठमाडौं : एकादशी फिल्म्सको प्रस्तुति टेली चलचित्र ‘सौभाग्य’ सार्वजनिक गरिएको छ। नारीको सौभाग्य, त्यससँग जोडिएका सामाजिक विश्वास, संघर्ष र पारिवारिक सम्बन्धलाई यसमा प्रस्तुत गरेको छ।
टेली चलचित्रले विवाहपछि नारीले भोग्नुपर्ने घर–परिवारका कथा, व्यथा र संघर्षलाई यथार्थपरक शैलीमा चित्रण गर्छ। विशेषगरी श्रीमान् अनुपस्थित हुँदा सौभाग्यको अस्तित्व कसरी बचाइन्छ भन्ने मनोवैज्ञानिक तथा भावनात्मक पक्ष यसको प्रमुख आकर्षण बनेको छ।
सरोज दाहालको लेखन तथा निर्देशनमा बनेको ‘सौभाग्य’ सीता गौतम र विकास प्रसाईको लगानीमा निर्माण गरिएको हो । यसमामा कलाकारहरू आरजे सिंह, सरोज दाहाल, बबिता कार्की, सिमा दाहाल, माधवा खनाल, राम बुढाथोकी, स्नेह पौडेल, सभ्यता पौडेल, रमेश रामदाम, सुरज दाहाल, अनिल पोख्रेल, नरेन्द्र शाही, ओम श्रेष्ठ, पुष्करराज कार्की तथा बालकलाकार श्रीङ्का दाहाल र श्रीयाना दाहालले अभिनय गरेका छन्।
छायांकन निर्मल ढकाले गरेका हुन्। यसको लागि शीर्ष गीत दिपेन्द्र खड्काले लेखेका छन् भने संगीतकार विकास चौधरी, गायक–गायिका विकास चौधरी र सबु केसी रहेका छन्। ‘सौभाग्य’ प्रत्येक सोमबार बेलुका ७:२५ बजे एकादशी फिल्म्स युट्युब च्यानलमा नियमित रूपमा प्रसारण हुने भएको छ।















