काठमाडौं : सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेदेखि नेपाल, भारत तथा विश्वभर प्रदर्शनमा आउने भएको छ। पटक–पटक मिति सरेको यो सिनेमाले नयाँ पोस्टर सार्वजनिक गरेको छ, जसमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरीसहित अधिकांश कलाकार आफ्ना क्यारेक्टर लुक्समा देखिएका छन्।
तराईको कथाभूमिमा आधारित सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका हुन् भने लेखन मुकेश खनालको छ। बलियो कथा र प्राविधिक पक्षलाई निर्माणपक्षले मुख्य आकर्षण बताएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यस सिनेमामा विनोद पौडेल र गुञ्जन गिरी निर्माताका रूपमा छन्।















