Sur Cinema

‘मन बिनाको धन’लाई ‘युनिभर्सल’ सर्टिफिकेट : सबै उमेर समुहका दर्शकले हेर्न पाउने

काठमाडौं : सिनेमा ‘मन बिनाको धन’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ, जसले सबै उमेर समूहका दर्शकले सिनेमा हेर्न पाउने भएका छन्।

निर्देशक टंक बुढाथोकीको निर्देशनमा बनेको यस सिनेमामा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमा थपलिया, भोला सापकोटा, बुद्दि तामाङलगायतका कलाकारको अभिनय रहेको छ।

सडकमा गीत गाएर चर्चित बनेका अशोक दर्जीको जीवनमा आधारित यो सिनेमा सामाजिक विषयवस्तुमा तयार गरिएको हो। ट्रेलरलाई युट्युबमा १० लाखभन्दा बढी पटक हेरिसकिएको छ र सेन्सर बोर्डका सदस्यहरूले पनि सिनेमाको खुलेर प्रशंसा गरेका छन्।

बुढाथोकीकै कथा र संगीतमा बनेको सिनेमाको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्। सिनेमा कात्तिक २१ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ ।