काठमाडौं : अघिल्ला दुई सफल सिजनपछि र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ तेस्रो संस्करणका लागि आधिकारिक रूपमा घोषणा गरिएको छ। शुक्रबार आयोजना गरिएको कार्यक्रममा शोको डिजिटल अडिसन खुला गरिएको हो, जसमा प्रतियोगीले कार्तिक २५ गतेसम्म आफ्नो भिडियो पठाउन सक्नेछन्।
यस सिजनको टाइटल स्पोन्सर ‘रेड बुल’ रहनेछ भने के.आई.ई.सी. कन्सल्टेन्सीले पनि साथ दिनेछ। अडिसन www.nepalirap.com, अफिसियल फेसबुक पेज, WHATSAPP (9707259961) वा nephopkoshreepech@gmail.com मार्फत पठाउन सकिनेछ। विजेताले रु १० लाख, वर्ल्ड टुर र ब्रान्ड इन्ड्रोसमेन्ट प्राप्त गर्नेछन् भने उपविजेताले रु ५ लाख र विदेशमा प्रस्तुति दिने अवसर पाउनेछन्।
कार्यक्रमको कन्सेप्ट सुदिप पोखरेल, कार्यकारी निर्माता आदर्श विष्ट, र निर्देशक विक्रम खनाल रहेका छन्। निर्णायकमा यसपटक मानस घले र गिरिश खतिवडा रहनेछन् भने तेस्रो निर्णायक चाँडै सार्वजनिक गरिनेछ।
‘नेपहपको श्रीपेच ३’ मङ्सिरको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण हुने भएको छ।















