Sur Cinema

मंसिर २६ मा शोभितको ‘पीआर’

काठमाडौं : शोभित बस्नेतको निर्देशनमा तयार भर्को सिनेमा ‘पीआर’ मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । हिजो काग तिहारको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको सिनेमामा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित ‘पीआर’ले विदेशिने नेपाली युवाको सपना, चुनौती र यथार्थलाई चित्रण गर्छ।

सिनेमाको लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, संगीत मानस राज र भिम बीसीको रहेको छ। नृत्य निर्देशन राम्जी लामिछानेले गरेका छन्।
निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेको सिनेमाको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। छायांकन सौरभ मानन्धर र सौरभ लामाले सम्भालेका छन्। सिनेमाको वितरण आर आर फिल्म्सले गर्नेछ।