Sur Cinema

‘धागो’को गीत ‘मेरो सम्झना’ : सुरक्षा र प्रभातको भावनात्मक सम्बन्ध प्रस्तुत

काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको सिनेमा ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ सार्वजनिक गरिएको छ । पुष्पन प्रधान र करुणा अधिकारीको स्वर रहेको यो गीतले बिछोड, सम्झना र पारिवारिक सम्बन्धको संवेदनशील पक्ष उजागर गर्छ।
गीतको भिडियोमा सुरक्षा पन्त र प्रभात थापाबीचको भावनात्मक सम्बन्ध देखाइएको छ।

सिनेमाको कथा नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन र आपसी सम्बन्धमा आधारित छ। उदिप राणा थापाको निर्देशनमा तयार भएको सिनेमा कार्तिक २८ (नोभेम्बर १४) मा नेपाल र भारतमा एकसाथ रिलिज हुने तयारीमा छ।

म्याग्नेट इन्टरटेन्मेन्टले निर्माण गरेको यो
सिनेमामा सुरक्षा पन्त र प्रभात थापासँगै सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, वर्षा राउत (केमियो), र अन्य कलाकारको अभिनय रहेको छ।

छायाङ्कन बलिउडका अनिकेर एम. घोघले गरेका हुन् भने सम्पादन, संगीत, कोरियोग्राफी, वीएफएक्स लगायत विभिन्न प्राविधिक पक्षमा अनुभवी टोली संलग्न छन्। सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल र नेपाल वितरण आरआर फिल्म्सले गर्नेछ।